दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको डुबेर मृत्यु भएको हो ।
सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।