गोकर्णेश्वर नगरपालिका-५, जाेरपाटीमा पानीको बोरिङ खन्दा ग्यास निस्किएको छ । मंगलबार बिहान बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न ३ सय मिटर खन्दा बालुवा र ग्यास निस्किएको हो । ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरहरूमा पुगेपछि स्थानीय त्रसित बनेका छन् ।
यसअघि पनि काठमाडाैंका विभिन्न स्थानमा यसरी बाेरिङ खन्ने क्रममा ग्यास निस्किने गरेकाे थियाे ।