खोपकार्ड देखाउँदै बालकहरु ।
तस्विर: युनिसेफको पेजबाट
काठमाडौं । ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा साउन २ गते सोमबारदेखि खोप दिइने भएको छ ।
असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।
२ गतेदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।