विराटनगर : सुनसरीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–७ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा कृष्ण पोखरेलले जानकारी दिए।
गत असार ३१ गते कोरोना संक्रमित भएपछि उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।