विराटनगर : सर्वोच्च अदालतको निर्णयअनुसार वरिष्ठ अधिवक्ता भएका विराटनगरका कानुन व्यवसायीलाई प्रजातान्त्रिक विचार मंचले सम्मान गरेको छ ।
विराटनगरमा प्रजातान्त्रिक विचार मंच गठनको सन्दर्भ पारेर हालै सर्वोच्चका अदालतका न्यायाधिशहरुको फुलबेन्च निर्णयअनुसार वरिष्ठ अधिवक्ता भएका भरत थापालाई सम्मान गरिएको हो । मंचाका तर्फबाट राजनीतिक अगुवा तथा समाजसेवदी कविराज न्यौपानेले थापालाई सम्मानित गरेका हुन् ।
राजनीतिक अगुवा तथा समाजसेवी श्याम पौडेलको संयोजकत्वमा गठन भएको मंचले खासगरी प्राजातान्त्रिक विचार तथा मान्यतालाई आत्मसात गर्दै संघीयता र राजनीतिक संस्कारलाई सवल बनाउन गरी दबाबमुलक कार्य गर्ने उद्देश्यले लिएको संयोजक थापाले बताएका छन् ।
“पछिल्लो नेपाली कांग्रेसमा देखिएको सैद्धान्तिक विचलन तथा नेतृत्वबीच हुने गरेको अन्तरद्वन्द्व घटाउन विचारका माध्यमबाट मद्दत गर्ने उद्देश्य लिएका छौं,” थापाले भने ।
समितिको सह–संयोजकद्वय भरत थापा र महेन्द्र साह, सदस्य सचिव कुमार लुइँटेल छन् । यसैगरी सदस्यहरुमा कविराज न्यौपाने, कैलास श्रेष्ठ, शर्मिला आचार्य, देवेन्द्र कोइराला, भेषराज पोखरेल, सुशीला पाठक, विजयहरि शर्मा, हरिबहादुर श्रेष्ठ, अभयकुमार राई, भवेष श्रेष्ठ, गुणराज घिमिरे, धु्रव क्षेत्री तिम्सिना, ई। कृष्णहरि पोखरेल, ललित कुमार लोहिया, सुरेश कुमार नौलखा, डा। संजीव ठाकुर र शैलेन्द्र सिवाकोटी छन् ।
विभिन्न पेशाकर्मीलाई समेटेर गठन गरिएको मंचले मोरङमा कांग्रेसभित्र देखिएको अन्तरविरोध कम गर्न दबाबमुलक कार्यक्रम गर्ने, संसद तथा पालिकामा भएका निर्वाचनमा क्रममा देखिएका घात अन्तरघातको विवरण–तथ्यांक संकलन गर्ने र वर्तमानको अवस्थाको विषयमा पार्टी तथा नेतृत्व वर्गलाई जानकारी गराउने तयारी गरेको बताइएको छ ।