Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कक्षा १२ को नतिजा भदौभित्र आउने



काठमाडौं । कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए ।
परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाई छ ।
कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार