Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईको बजेट ७३ करोड २४ लाख


  • Purbeli Press
  • बुधबार, असार २९ २०७९

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले दशौँ नगरसभा मार्फत आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाबाट चालु आर्थिक वर्ष २०७९–०८० का लागि रु ७३ करोड २४ लाख ८१ हजार ९ सय १० रुपैयाँको बजेट गरी सार्वजनिक गरेको हो ।

बुधबार दशौँ नगरसभामा रतुवामाईकी उपप्रमुख दमयन्ता चुडालले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । अहिले एकमुस्ट बजेट सार्वजनिक भएको र विषयगत बाडँफाँड गर्न बाकी रहेको उपप्रमुख चुडालले जानकारी दिइन् ।

मोरङका १७ मध्ये १६ वटा स्थानीय तहको नगरसभा असार १० गते नै भएपनि रतुवामाईको भने विवादका कारण रोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार