Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज गुरु पूर्णिमा, हाम्रो जीवनमा गुरुको महत्व: गौरव चापागाई



गौरब चापागाईं

गुरुरव्रम्हागुरुरबिष्णुगुरुरदेवोमहेस्वर
गुरुरसक्क्षातपरमव्रम्हतसमैश्रीगुरुबेनमहू
हामीलाई शिक्षा दिएर सहिबाटो देखाउने
गुरुहरुमानमन 

  •  हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ।
  •  हाम्रो पहिलो गुरु नै हाम्रो मातापिता मानेर देवताकोस्थानमा राखेर पुज्छौ।
  •  स्कुलहोस्, कलेज वा विश्वबिध्यालय, वा अरु कुनै कलामन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन।

के हो गुरुपुर्णिमा भनेको ?
यो पर्व परम्परागत रूपमा हिन्दू महिना आषाढको पूर्णिमाको दिन मनाइन्छ। गुरुपूर्णिमा एक परम्परागत हिन्दू उत्सव हो, प्रबुद्ध आध्यात्मिक गुरुहरूलाई समर्पित अन्यथा गुरुहरू भनेर चिनिन्छ।यो शुभदिन हिन्दूमहिना आषाढ (जुलाई देखिअस्ट) मा ग्रीष्म संक्रांतिपछि पहिलो पूर्णिमा मा पर्दछ। यसलाई भारत, नेपाल र भुटानमा हिन्दू, जैन र बौद्धधर्मावलम्बीहरूले मनाउने गर्छन्। यसदिन, साधकहरूले आफ्ना गुरुलाई कृतज्ञता र भक्ति अर्पण गर्छन्र उहाँकोआशीर्वाद प्राप्त गर्छन्।नेपालमा यो दिनलाई शिक्षक दिवसका रुपमा मनाइन्छ।

आज गुरुपूर्णिमा: गुरुपूर्णिमाको महत्व के ?
यो पर्वले गुरु र शिक्षकहरूको भलाइको सम्झना गर्दछ किनकि हजारौंभक्तहरूले ज्ञानको लागि आफ्ना गुरुहरूलाई पूजा गर्छन्र धन्यवाद दिन्छन्र आफ्ना गुरुलाई कृतज्ञता र भक्ति अर्पण गर्छन्र उहाँको आशीर्वाद प्राप्त गर्छन्। गुरुपूर्णिमामा विद्यार्थीहरूले आफ्नो गुरु वा शिक्षकप्रति आफ्नो प्रेम र कृतज्ञता देखाउँछन् यसपर्वको गहिरो र रोचक इतिहास छ ।

गुरु पूर्णिमाका केही प्रमुख आकर्षणहरू 

  1.  गुरुपूर्णिमासंस्काररगुरुकोपूजा
  2.  विष्णुपूजा
  3.  सांस्कृतिकप्रदर्शन (कलेज , विद्यालययाकुनैअन्यठाउमा )
  4. Fasting (उपवास) रभोज
  5.  ध्यान (Meditation )

को हुन् गुरु ?

हिन्दू संस्कृतिमा, विद्यार्थीको जीवनमा गुरुको धेरै महत्त्वपूर्ण स्थान हुन्छ। यो एउटा गुरुको साझा ज्ञानले गर्दा शिष्य वा विद्यार्थी संसारको सामना गर्न तयार हुन्छ।

गुरु शब्द दुई विशिष्ट शब्द“गु”र“रु” को संयोजन हो।गुकोअर्थ “अन्धकार”र रु को अर्थ“अन्धकारहटाउने” हो। यसरी, गुरु भनेको आफ्नो विद्यार्थी र शिष्यको जीवनबाट अन्धकार हटाउने व्यक्ति हो।त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महानव्यक्ति गुरु हुन्।

ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएकोअन्धकाररूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मारपरमात्मासँग चिनाउछन उनै साक्षात गुरु हुन।गुरु नहुदा कुनै कुराको ज्ञानकोसम्भावना छैन ।गुरु एक व्यक्तिहो जसले सिकाउँछ र प्रकाश, ज्ञानदिन्छ र हामीलाई सहीमार्गमा नेतृत्वगर्न निर्देशन दिन्छ। परापूर्बकालमा गुरु कूलमाबसेर शिक्षा लिनेचलन थियो ,बर्षौसम्म गुरुको साथमा रहेरगुरुको सेवागर्ने चलन थियो।समयले अबकचुलीफेर्योतर गुरुको महत्व कहिले काम भएन।

ती हाम्रा गुरु हुन जसलेअज्ञानताको अध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवन्लाई सुन्दर बनाउने बाटो देखाउछन आजका सबै अबिस्कारहरु सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन्। जसले गुरुको महत्वबुझेको छ , उसले ज्ञानको महत्वबुझेको छ ।गुरु ती हुन जस्ले हाम्रो जीवन मासत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन। गुरुपुर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइप्रसाद, लुगाकपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ। यस्ता उपहारहरुलाई गुरुदक्षिणा पनि भनिन्छ।

गुरुको सबैभन्दा ठुलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहिपालना नै हो।आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ।साँचो गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदन गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्तिभर हुँदैन। जसलाई सहिज्ञानको अर्थथाह छ।जो त्यसैमा जीवन बिताउछ। जोरिषरागलोभ मोह भन्दा धेरै पर हुन्छ।उही सच्चा गुरु हुन्।

बिषेश:
यो दिन भगवानको आराधना गरेर र हाम्रा शैक्षिक गुरुहरू वा गुरुहरू प्रति कृतज्ञता व्यक्त गरेर मनाइन्छ। यसबाहेक, धेरैले आफ्नो स्कूल र कलेजहरूमा परम्परागत रूपमा मनाउँछन्।

जयगुरुदेव 

प्रतिक्रिया
सम्बन्धित समाचार