Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षी गरपालिकाले दियाे कृषकलाई पावर टिलर



रंगेली । सुनवर्षी गरपालिकाले कृषकहरुलाई अनुदानमा १० ओटा पावरटिलर र मिनि पावरटिलर प्रदान गरेको छ ।
कृषि शाखा द्वारा ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर सुनवर्षी का कृषक समूह र कृषकहरुलाई वितरण गरिएको हो ।
पावर टिलर वितरणका प्रमुख अतिथि नगरप्रमुख श्याम प्रसाद राजवंशी कृषकको जिवनस्तर उकास्नका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले प्रविधिलाई प्रयोग गरेर कृषिलाई व्यावसायीकरण गर्न सहयोगका लागि उपकरणहरु वितरण गरिएको बताए ।
कार्यक्रममा उपप्रमुख मीरा देवी दास केवरत, कृषि शाखा प्रमुख नरेश साह , विभिन्न वडाका प्रतिनिधि र नगर कर्मचारीहरूको उपस्थितीमा वितरण गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार