Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बर्खायामसँगै नाइरोबी फ्लाई किराको सङ्क्रमण



काठमाडौ । बर्खायामसँगै नाइरोबी फ्लाई किरोको सङ्क्रमण देखिएको छ।
नाइरोबी फ्लाई जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्।
प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिए।
काठमाडौँको सिभिल अस्पतालमा उक्त किराको कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ।
उनकाअनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीनरचार बिरामी भेटिएका थिए।
ुअहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ। किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछु, दाहालले भने, ुकिराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन। जनस्वास्थ्यमा ठूलो रुपमा यो किराले सङ्क्रमण ल्याउँदैन।ु
मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ। उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँछ। उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउँछन्। ुकिरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैनु, दाहालले भने, ुकिरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ। जुन एसिड शरीरलाई हानी गर्दछ।ु
एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बाबिरा आउने, जनै खटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए।
लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्, उनले भने ुसञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ। प्रायःजसो सडेगलेको खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ। नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार