Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समाजसेवी दीनबन्धु गोयलद्वारा विराटनगरको काली मन्दिरलाई १ लाख सहयोग


  • Purbeli Press
  • शुक्रबार, असार २४ २०७९

विराटनगर : वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले विराटनगरको काली मन्दिर व्यवस्थापन समितिलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी गोयलले काली मन्दिरमा भइरहेको शृङ्गारकार्यका लागि १ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

गोयलले शुक्रबार व्यवस्थापन समितिका अध्यक्ष डा. मीनाक्षी नेपाल र निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गरे । गोयल आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका नाममा विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् ।

व्यवस्थापन समितिका अध्यक्ष डा. नेपालका अनुसार मन्दिरको वाह्य शृङ्गारको कार्य १ करोड १५ लाख रुपैयाँका खर्चमा सकिएको छ । अब ४० लाख खर्चमा आन्तरिक शृङ्गारको काम भइरहेको छ । अध्यक्ष डा. नेपालले २० गेजको तामाको पातामा गोल्डेन कलर गरेर मन्दिरको शृङ्गार भइरहेको जानकारी दिइन् ।

शृङ्गारको काम काठमाडौंको होसन्न इन्टरप्राइजेज प्रालीले गरिरहेको छ । होसन्न इन्टरप्राइजेजले तामाको पाताको १ सय र गोल्डेन कलरको १२ वर्षको ग्यारेन्टी दिएको छ । अध्यक्ष डा. नेपालले शृङ्गारकार्य सकिएपछि मन्दिर नेपाली शैलीको कलात्मक, आकर्षक र भव्य हुने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार