Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • Purbeli Press
  • बिहिबार, असार २३ २०७९

विराटनगर : मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।

लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल  अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ केचनाका ३३ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

डीएसपी गौतमले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार