Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिए


  • Purbeli Press
  • बिहिबार, असार २३ २०७९

विराटनगर : विराटनगर बसपार्कमा एक जना पुरुष मृत भेटिएका छन् ।

विराटनगरको बसपार्कमा रहेको यात्रु बस्ने फलामको कुर्सीमा करिब ५० देखि ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मृतकको पहिचान खुलेको छैन् । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा पुरुषलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतकको साथमा एउटा प्लाष्टिकको झोला फेला परे पनि पहिचान खुल्नै कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार