झापा । झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको काँकडभिट्टा नाकामा बुधबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको स्रोतले जनाएको छ।
नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ। तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले त्यस्तो घटना नभएको बताएका छन्। महतोका अनुसार सुपारी तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको र त्यहाँ सशस्त्र प्रहरी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानबीच सामान्य विवाद भएको हो।