Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मृतकको संख्या १३ पुग्यो


  • Purbeli Press
  • मंगलबार, असार २१ २०७९

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १३ पुगेको छ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र ४ जनाको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष ठुलाेकान्छा तामाङले जानकारी दिए।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन। दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेमा उपचार भइरहेको छ।

रामेछापको हिलेदेवीबाट छुटेको सो बस बिहान १०ः३० बजे लुभुघाटमा दुर्घटनामा भएकाे हाे।

मृतकमध्ये ८ जनाको सनाखत

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा  भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तमाङ,  ६० वर्षीय ठुला तामाङ,  ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मि, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार