विराटनगर : मोरङका खोलाबाट अवैध उत्खनन गर्ने नौवटा सवारी र आठ चालक पक्राउ परेका छन्। मोरङ प्रहरीले जिल्लाका विभिन्न खोलाबाट खोलाजन्य सामग्री अवैध रूपमा उत्खनन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले केराबारी–८, खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैँचा–५, बूूढीखोला, बेलबारी–२, लोहन्द्रा खोलामा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।
वर्षातको समयमा समेत खोलाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन गरिरहेको सूचनाका आधारमा एउटा जेसिबी, चारवटा टिपर र चारवटा ट्र्याक्टरलाई खोलाबाटै नियन्त्रणमा लिइएको हो। बूूढीगंगा गाउँपालिका–३ का अशोक कट्वाल र को। १ ख। ५८६२ नम्बरको टिपर, केराबारी–१० का राज लिम्बूूलाई को। १ ख। १४९१ नम्बरको जेसिबीसहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सुनसरी–१२, खनारका जयराम उराउलाई को। १ ख। ७२५१ नम्बरको टिपर, इटहरी–११ का अनिल चौधरीलाई ना। ८ ख। ४२६७ नम्बरको टिप्परसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै, सुन्दरहरैँचा–१० का दिनेश उराउ र प्र।–१–०२–००१ ख। ९३८७ नम्बरको टिप्परसहित पक्राउ परेका छन् भने सुन्दरहरैँचा–५ का काशीनाथ ऋषिदेव र को। १ त। ६८६४ नम्बरको ट्र्याक्टर, सुन्दरहरैँचा–११ का उज्वल पौडेल र को। २ त। ५५६४ नम्बरको ट्याक्टर, सुन्दरहरैँचा–१२ का शम्भु मग्रातीलाई अनटेस्ट लेखिएको ट्याक्टर तथा प्र। १–०२–००३ त। १४०१ नम्बरको अर्को ट्याक्टर नियन्त्रणमा लिइएको छ।