Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बजेट निर्माणबेलाको सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएकाले सरकारले त्यसको छानविन गर्नुपर्ने उनले बताए। सीसीटिभी फुटेज डिलिट गराएर अर्थमन्त्रीले जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
सोमबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उउनले भने, “घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको छ ।” उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको दावी गरे। घटनामा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानवीन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको उनले प्रष्ट पारे । उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर एउटा जघन्य अपराध त छँदैथियो । यसलाई लुकाउन सम्बन्धित प्रमाण नष्ट गर्न यदि सीसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो ।’ घटनाबारे अविलम्ब छानबिन गर्नुपर्ने उनले बताए । गोरखापत्रबाट

प्रतिक्रिया
सम्बन्धित समाचार