Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी उपमहानगरले दियाे कृषकलाई मिनी टेलर



इटहरी । इटहरी उपमहानगरपालिकाले सहकारी समूहमा आबद्ध कृषकहरुलाई पावर टेलर र मिनी टेलर वितरण गरेको छ ।
नगर सरकारको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत सहभागितामा ६ ओटा पावर टेलर र पाँच ओटा मिनी टेलर वितरण गरिएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार कृषकहरुको उत्पादकत्व वृद्धि गर्न योगदान पुगोस् भनी नगर सरकारको कृषि कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । कृषि सामग्री वितरण कार्यक्रममा मेयर पौडेलका साथै उपमेयर सङ्गीता चौधरी लगायतको उपस्थिति रहेको थियो । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार