Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हत्या गरेर ह्युम पाइपभित्र शव फाल्ने तीन जना पक्राउ


  • Purbeli Press
  • सोमबार, असार २० २०७९

विराटनगर : झापाको अर्जुनधारा नगरपालिकामा हत्या गरेर ह्युम पाइपभित्र शव फाल्ने एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा ७ की ३२ वर्षीया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान बिर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र १० का २५ वर्षीय सुरेश परियार रहेका छन् ।

गत असार १२ गते अर्जुनधारा ४ को सहासी टोलस्थित कच्ची सडकखण्डको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकिएको अवस्थामा शव फेला परेको थियो।

मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार