२० असार । बर्जु गाउँपालिकामा असार ६ गते भएको कृषि मोटर प्रकरणको घटनाको छानविन गरि सात दिन भित्र प्रतिवेदन पेश गर्न पालिकाले पत्र काटेका छन् ।
आइतबार पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरीले छानविन समितिका नाममा पत्र काट्दै सत्यतथ्य छानविन गरि ७ दिन भित्र प्रतिवेदन बुझाउन आग्रह गरेका छन् । छानविन समितिको संयोजक अर्जुनप्रसाद नेपाल, सदस्य सृजना क्षेत्री र गणेशप्रसाद चापााई रहेका छन् ।
यस्तै आमन्त्रित सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद संग्रैला, नेकपा एमालेबाट बालेश्वर चौधरी, नेकपा माओवादी केन्द्रबाट विशुलाल चौधरी, नेकपा एसबाट दिपक राई जनता समाजवादी पार्टीबाट दिनेश कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आश्विन कुमार चौधरी दलप्रतिनिधिहरु रहेका छन् ।
छानविन समितिमा वुद्धिजिवी तथा युवा प्रतिनिधिहरुमा बुधलाल चौधरी (युवा) किसोर चौधरी (वुद्धिजिवी) र रामप्रसाद चौधरी (वुद्धिजिवीं )रहेका छन् । घटनाको सर्वदलीय र असार १७ गते बसेको कार्यपालिकाको बैठकबाट संयोजक अर्जुन प्रसाद नेपालको संयोजकको नाममा प्रतिवेदन बुझाउन भनिएको हो ।
