Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

घर भत्किँदा एक बालिकाको मृत्यु


  • Purbeli Press
  • बिहिबार, असार १६ २०७९

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ।

घटनामा परी दुईजना घाइते भएका छन्। बेदकोट नगरपालिका– ५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो।

बेदकोट– ४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्। पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन्। दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार