विराटनगर : विराटनगर महानगरपालिकाका विद्यालय तीन दिन बन्द हुने भएको छ । लगातारको अविरल बर्षा र बाढीको कारण असार १७ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढेको भन्दै सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
