विराटनगर : बिराटनगर २ मा रहेकोे संकरपुर प्राबि निरन्तर परेको बर्षा कारण डुबानमा परेको छ ।
विद्यालय वरिपरि बाटो निर्माण गर्दा पानी निकास नगरिएकोले बिधालय डुबान परेको बिधालयका प्रधानध्यापक दुर्गा प्रसाद पोखरेलले बताउनु भयो ।
बर्षाले पानी बिधालय छिर्दा पठनपाठन अबरुद्ध भएको पोखरेलले जानकारी गराउनुभयो । पानीले बिधालय डुबान परेपछि पोखरेलले स्थानीय तहसग पानीको निकासको लागि अनुरोध गरिएको बताउनु भयो ।