विराटनगर : झापाको अर्जुनधारा नगरपालिकामा बोरामा बाँधिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
अर्जुनधारा ४ स्थित ह्युम पाइपमा बोराभित्र हालेर फ्याँकिएको अवस्थामा एक युवकको शव फेला परेको हो।
बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।
बेवारीसे अवस्थामा फालिएको शब ३/४ दिन पहिलेकै जस्तो भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुहारमा चोटले नचिनिने अवस्था शव फेला पारेकाले पहिचान हुन सकेको छैन। धारिलो हतियार प्रयोग गरी टाउकोमा गम्भीर चोट लागेको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ।