विराटनगर : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए बताए । कार भेटिएको क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको दैजी घर भएका लोकेन्द्रसिंह भण्डारी डडेल्धुरा आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटरलाई लुटपाट गरेको थियो ।
त्यस्तै भण्डारीको लुटिएको कार पनि भेटिएको छ।
कैलालीको गोदावरी नगरपालिका– ४ स्थित गाइमारेबाट लुटिएको कम्प्युटर अपरेटर भण्डारीको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कार प्रहरीले भेटाएको हो।