डडेलधुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीमाथि कैलालीको गोदावरी नगरपालिका( ५ स्थित बुढाटोलमा आक्रमण भएको छ।
उनलाई अज्ञात समूहले बिहान ११ बजेको समयमा आक्रमण गरी उनको निजी गाडी समेत लुटेको आलितालका प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले जानकारी दिए।
उनकाअनुसार भण्डारी आफ्नो घर कञ्चनपुरको बेदकोट नगरपालिकाबाट डडेलधुरा फर्किने क्रममा आक्रमण भएको हो। भण्डारी शुक्रबार बिदामा घर गएका थिए।
बिहानको समयमा सडकमा रहेका केही व्यक्तिले गाडी (कार) मा लिफ्ट मागेर उनलाई नियन्त्रणमा लिएको र कुटपिट गरी गाडी समेत लुटिएको अधिकृत रावलले जानकारी दिए।
गाडी लिएर भागेको समूहको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।