Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुन्दरहरैचाबाट लागुऔषध गाँजासहित ३ जना पक्राउ


  • Purbeli Press
  • सोमबार, असार १३ २०७९

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका ५ बुढिपुलबाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका ८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन ।

हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार