विराटनगर : विराटनगरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पुत्ला जलाइएको छ । जग्गा फुकुवा माग गर्दै आन्दोलित विराटनगर विमानस्थल क्षेत्रका स्थानीयले आइतवार मन्त्री आलेको पुत्ला जलाएका हुन्।
असार ७ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको पीडित संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्रीको कार्यालयअगाडि पुगेर आलेको पुत्ला जलाएका हुन्।
आन्दोलनका क्रममा स्थानीयले मन्त्री आले र सरकारविरुद्ध नाराबाजी पनि गरेका छन्।
केही समय अघि विराटनगर आएर आलेले विराटनगर विमानस्थल पीडितलाई मुआब्जाको रकम बिनियोजन गर्ने वचन दिएका थिए। तर आलेले बजेटमा एक रुपैयाँ मुआब्जाको रकम छुट्याउन नसकेपछि उनको पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक बेदराज पौडेलले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा आलेले विमानस्थल प्रभावितका लागि बजेट व्यवस्था गर्न नसकेको भन्दै आक्रोशित भएका स्थानीयले मन्त्री आलेको पुत्ला जलाएका हुन्।
यसैबीच आलेले आइतवार पर्यटनमन्त्रीबाट राजीनामा दिएका छन् ।