Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन्। उनको शनिबार साँझ मृत्यु भएको हो।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।

हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार