Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरामा बाटोसँगै घर भासियो


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

विराटनगर : केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ।

फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए।

‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ। घरको बाहिरी भाग ठीक छ। तर, भित्री कोठा भासिएको छ’, वडाध्यक्ष पराजुलीले भने, ‘घर ओडारजस्तो भएको छ।’

क्षति पुगेको ठाउँमा पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङलगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार