Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा पोखरीमा डुबेका दुई किशोरको मृत्यु



धनकुटा । धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भइ धनकुटा ७ मा आमासँग डेरामा बस्ने १५ वर्षकै उदय राई रहेका छन् ।
धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा डुबेर सिकिस्त रहेका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्येका उदयको जन्मदिन मनाउन साथीहरुसँग उक्त स्थानमा गएका थिए । ३ मध्ये २ जना पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । करिब ७ फिट गहिरो पोखरीमा दुवै जना पौडी खेलेको केहीबेरमै डुबेका थिए ।
साथमा रहेका सुदेश राई भने सकुशल छन् । उनी पोखरीको किनारमा रहेको र पौडी खेलिरहेका दुवै साथीहरु डुबेको देखेपछि स्थानीयलाई खबर गरेका थिए । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार