काठमाडौँ : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउन अघि बढाएको भन्दै विरोध गरेका छन् ।
शनिबार काठमाडौमा आयोेजित एक कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे ।
उनले नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न नमिल्ने बताए । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहीँ अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । उनले भने ।