Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग


  • Purbeli Press
  • शुक्रबार, असार १० २०७९

विराटनगर : झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ।

बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ।

उक्त जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार