Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले नेता कार्कीको घरमा ‘नक्कली बम’


  • Purbeli Press
  • शुक्रबार, असार १० २०७९

विराटनगर : एमाले नेता हिक्मत कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ ।

गौरादह ३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।

तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

‘प्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ,’ उनले भने । उक्त एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने बस्तु कसले र किन राख्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार