Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले नेता हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला


  • Purbeli Press
  • शुक्रबार, असार १० २०७९

विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य हिक्मत कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ।

आज बिहान करिब साढे ५ बजे झापाको गौरादह ३ डिपु चौकमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद बेटिएको इलाका प्रहरी कार्यालय दमकको जानकारी दिएको छ। अहिले नयाँ श्रीनाथ गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुगेको छ।

नेता कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहानै साढे ५ बजेतिर घर अगाडिको सडक किनारमा प्रेसर कुकर बम फेला परेको उल्लेख गरेका थिए।

उनले शंकास्पद वस्तु ‘किन, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। कार्की प्रदेश १ सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार