विराटनगर : विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगर–१२ स्थित बखरीमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया सुनिता चौधरी माझी रहेकी छन् । मृतक चौधरीका पति शिवचरणले चलाउने को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।