विराटनगर : मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा प्रदेश १ .०२.०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका ११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन ।
घाईतेलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।