Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वराहक्षेत्रकाे बजेट सार्वजनिक



सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलवार आयोजना भएको दशौं नगरसभामा उप–प्रमुख नन्दकुमारी राईले बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गर्नु भएको हो । उहाँले सडक र कृषिलाई प्राथमिकता राखेर बजेट सार्वजनिक गरिएको बताउनुभयो ।
आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरेको छ । त्यस्तै, केन्द्रीय सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानिकरण अनुदान २१ करोड ४८ लाख, राजस्व वाँडफाँड १५ करोड ९४ लाख २३ हजार अनुमान गरिएको छ । यस्तै, प्रदेशतर्फबाट वित्तीय समानिकरण १ करोड २० लाख २० हजार, सशर्त अनुदान ६१ लाख २३ हजार, समपुरक अनुदान १ करोड, प्रदेश राजश्व वाँडफाँड ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ र सञ्चित कोष मौज्दात २ करोड १० लाख अनुमान गरिएको छ । उपप्रमुख राईले सभामा बार्षिक खर्चको अनुमानित विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।
नगरसभामा नगर प्रमुख रमेश कार्कीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
नीति तथा कार्यक्रममा एक वडा एक खुल्ला क्षेत्र, वेरोजगार युवाका लागि मेयर रोजगारी कार्यक्रम, उपमेयर सिप विकास तथा महिला शशक्तिकरण कार्यक्रम, रामधुनीबाट चतराबाट सुर्यकुण्ड हुँदै धरान मिलाएर धार्मिक सर्किट निर्माण, कोशी नदीमा पर्यटक, जल विहार र कोशी नदीमा जल यातायात समेटिएको छ। यस्तै, राजावास पश्चिम कोशी किनारमा सुर्यास्तको मनोरम दृष्यावलोकनको लागि स्थान छनोट गरि प्रचारप्रसार, कोशी किनारमा होटल, रेस्टुरेन्ट घोडाघोडी , फिसिङ, स्याण्ड भलिवललगायतलाई समेटिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार