Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु


  • Purbeli Press
  • मंगलबार, असार ७ २०७९

विराटनगर : उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ भातिखर्कमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको बा. ९ च. ३८४६ नं. को बोलेरो सोमबार साँझ ६ः१५ बजे दुर्घटना हुँदा त्रियुगा १३ का ५२ वर्षीय कुमार बस्नेतको मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत भातिखर्क क्षेत्रमा बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बस्नेतको कानमा गहिरो चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका बस्नेतको उपचारका क्रममा बेलुका करिव ७ बजे मृत्यु भएको थियो ।

बलेरो र चालक स्थानीय ३७ बर्षीय  ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र  घटना सम्वन्धमा थप अनुसन्धान  गरिहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार