Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीका मेयरलाई नेकपा एसको ध्यानाकर्षण पत्र



इटहरी । नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटिले इटहरीका नगरप्रमुख हेमकर्ण पौडेललाई भेटी नगरका समस्या सहितको ३७ बुँदे ध्यानकर्षणपत्र बुझाएको छ ।
मेयर पदमा विजयी बनेपछि नेकपा एसका तर्फबाट बधाइ ज्ञापन गर्दै नगरका समस्याहरु समाधानका लागि ध्यानाकर्षण गराएको पार्टीका इटहरी सहइन्चार्ज रमेश खत्रीले बताए । ध्यानाकर्षणपत्रमा सहमतिमा काम गर्ने सँस्कार थाल्न माग गर्दै नेकपा एसले सरकारले गर्ने कामको श्वेतपत्र जारी गर्न पनि माग गरेको छ भने इटहरीमा हुने डुबान समस्यालाई समाधान गर्न तटबन्ध निर्माणलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।
उपमेयरका उम्मेदवारसहित गठबन्धनको एक हिस्सा बनेर चुनाव लडेको नेकपा एसले हाट बजार तथा सडक व्यापारीको उचित व्यावस्थापन माग गर्दै निर्माण क्षेत्रमा काम गर्ने मजदुरको पहिचान गरी उनीहरुलाई शिक्षा, स्वास्थ्य निशुल्क हुनेगरी व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार