Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पेट्रोलमा २१ र डिलेलमा २७ रूपैयाँ बढ्यो, लिटरको १९९ पुग्यो पेट्रोल



विराटनगर । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ।

निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसन ९आईओसी० पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१।१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१।१५ रूपैयाँ छ। नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार