Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

मोटरसाइकल चोरीको आरोपमा खानतलासी गर्दा पेस्तोल फेला


  • Purbeli Press
  • आइतबार, असार ५ २०७९

विराटनगर : मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका-६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल एक थान, सोको म्यागाजिन एक थान र गोली एक राउण्ड गोली बरामद गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार