काडमाडौं । सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्।
शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।
उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छन्।
द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल, डाबर अमला मिस ब्युटिफुल हेयरको उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामरको उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्।
त्यस्तै ब्रिज सिमेन्ट मिस कन्फिडेन्टको उपाधि सहित सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।