Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बढदै सर्पदंशका बिरामी : वैशाख र जेठमा मात्र २२ सय ३ जनाको उपचार



इटहरी । पूर्वका जिल्लामा वर्षेनी सर्पले डसेका विरामीको संख्या बढ्दो छ। सर्पले डसेका बिरामीको संख्या बढीरहँदा इटहरीमा सेनाको नं.२ बाहिनी अड्डा परिसरमा सञ्चालित सामुदायीक सर्पदंश उपचार केन्द्रमा पनि बिरामीको चापमा वृद्धि भएको छ।
इटहरी वडा नं.४ को नं.२ बाहिनी अड्डा परिसरमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पछिल्लो दुई महिना वैशाख र जेठमा २ सय २३ जनाको उपचार गरिएको छ । बिशेष गर्मी र बर्षको समय सुरु भएसँगै सर्पहरु जमीन भित्रको तापमान सहन नसकेर बाहिरी सतहमा आउने गर्दछन् । सोही समयमा सर्पदंशका विरामी बढी मात्रामा देखा पर्दछन् ।
यसरी सर्पहरु देखा परी सुरक्षित स्थान तिर प्रबेश गर्ने भएकाले मानिस लगायत अन्यलाइ पनि डस्ने गर्दछ । तर सर्पले टोकोका बिरामीको उपचार सर्पदंश केन्द्रमै हुने भएपछि आफुहरुलाइ सहज भएको बिरामी बताउछन् । सामूदायिक सर्पदंश उपचार केन्द्रमा बर्षेनी सवैभन्दा बढी असारदेखि भदौंसम्म सर्पले डसेका बिरामीको चाप हुने गरेको छ ।
सर्पले डसेका बिरामी हरेक वर्ष महिला नै बढी छन कामकाजी हुने हुँदा महिलाहरुलाई सर्पले बढी डस्ने गरेको हो । सर्पदंश उपचार केन्द्रमा सुनसरीसहित मोरङ र उदयपुर तथा झापाका विरामी आउने गरेका छन् । सामुदयिक सर्पदंश उपचार केन्द्रमा पूर्वी पृतना हेडक्वाटरले एमडि डाक्टरको नेतृत्वमा सेवा दिदै आएको छ ।
सेनाले मेडिकल टिम र एन्टी स्नेक भेनम औषधी दिने तथा भौतिक पूर्वधार तथा उपकरणहरु सामुदयिक सर्पदंश उपचार केन्द्रले व्यवस्था मिलाउने गरि २०६९ मा यस उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्र स्थापना भएदेखि अहिलेसम्म १४ हजार भन्दा बढीले उपचार पाएका छन् ।
सामूदायिक सर्पदंश उपचार केन्द्र इटहरीमा आइसियूको व्यवस्था गर्न प¥यो भने चाँहि बिरामीलाई अरु अस्पतालमा रिफर गर्ने गरिएको छ।
त्यसो त अन्य कतिपय अस्पतालमा एन्टि स्नेक भेनम औषधी अभाव भएका कारण कतिपयको ज्यान जाने गरेको छ । नेपाल सरकारले सबै उपचार केन्द्रमा एन्टि स्नेक भेनम निःशुल्क उपलब्ध गराउने औषधी हो । तर, यसको आयत नै कम हुने भएकाले यो औषधी समय समयमा अभाव हुने गर्छ । सर्पको डसाईबाट मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाई, औषधीको अभाव र घरेलु उपचार प्रद्दति नै मुख्य कारक देखिएको छ । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार