Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भेडेटारका होटलकाे अनुगमन, ५ वटा मात्र उत्तम स्तर



भेडेटार। पूर्वको पर्यटकीय क्षेत्रका रुपमा रहेको भेडेटार, नमस्ते झरना, र नाम्जेका होटलको अनुगमन गरी स्टिकरटास गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले ३७ वटा होटलमा गरेको पहिलो चरणको अनुगमनमा ५० प्रकारमा मापदण्ड बनाई त्यसको पालनाको आधारमा स्टिकरटास गरेको हो । होटललाई सामान्य, सन्तोषजनक, उतम र अति उत्तम गरी ४ भागमा विभाजन गरी स्टिकर टास गरिएको हो ।
अनुगमनमा ११ वटा सामान्य, २१ वटा सन्तोषजनक र ५ वटा उत्तम स्तरको मापदण्द पूरा गरेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख अनुप हलबाइले जानकारी दिनुभयो ।
सरकारी निकायबाट भएका यस्ता अनुगमनले आफूहरूलाई समेत सुधार गर्दै जानका लागि ज्ञान र हौसला मिलेको होटल व्यवसायीको भनाइ छ। यस्ता अनुगमन निरन्तर हुँदा होटललाई सुधार गर्दै पर्यटकलाई अझ राम्रो र गुणस्तरीय सेवा दिनका लागि सहयोग पुग्ने होटल एसोसिएसन भेडेटारका सचिब एवं होटल माउट एभरेष्टका सञ्चालक तुमराज लिम्बूले बताउनु भयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले आगामी दिनमा समेत नियमित अनुगमन गर्ने जनाएको छ। बाह्रै महिना चिसो हुने भेडेटारमा वार्षिक २ लाखभन्दा बढी आन्तिरक र बाह्य पर्यटक घुम्नका लागि आउने गरेका छन्। विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार