Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको बजेट हावादारी : आचार्य


  • Purbeli Press
  • बुधबार, असार १ २०७९

विराटनगर : प्रदेश १ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हावादारीको थुप्रो भनेर टिप्पणी गरेको छ ।

बुधबार प्रदेशसभामा प्रस्तुत भएको बजेटमाथि टिप्पणी गर्दै विपक्षी दलका नेता भीम आचार्यले बजेट हावादारी भएको टिप्पणी गर्नुभयो । उहाँले यो बजेटमा कुनै दीर्घकालिन सोच नभएको र समृद्धिको बाटो नपहिल्याउने खालको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव आउँदै छ, चुनाव अघि नै कार्यकर्तालाई हतारहतार पोस्ने गरी बजेटमा व्यवस्था गरिएको छ । यसले प्रदेशको हित गर्दैन । यो केवल कार्यकर्ता पोस्ने मात्रै छ । ’

उहाँले यो बजेटमा आम्दानीको स्रोत बढाउने कुनै कार्यक्रम नभएको र स्रोतको सुनिश्चिता समेत नदेखिएको बताउनुभयो । बजेट जताततै सानोसानो कुरामा छरिएर आएको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार