Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको शंखरपुर प्राविका बालबालिकालाई पोशाक वितरण


  • Purbeli Press
  • मंगलबार, जेष्ठ ३१ २०७९

विराटनगर : विराटनगर २ मा रहेको शंखरपुर प्राविका बालबालिकालाई मंगलबार टि सर्ट तथा ड्रेस वितरण गरिएको छ । स्वर्गीय चित्रबहादुर प्रधानको स्मृतिमा छोरो बुद्धि प्रधान, कान्छी बुहारी प्रमिला प्रधान र नाती विप्लव प्रधानले टिसर्ट वितरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक दुर्गा पोखरेलका अनुसार मंगलबार नै विद्यालयकी पूर्व प्रधानाध्यापिका सारदा उपाध्यायको सहयोगमा ड्रेस पनि वितरण गरिएको छ । सो विद्यालयमा विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार