Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु



दमक । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार