Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित संघर्ष समितिले थाल्यो सडक आन्दोलन


  • Purbeli Press
  • सोमबार, जेष्ठ ३० २०७९

विराटनगर : विराटनगर विमानस्थल विस्तारका लागि रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नभएपछि मारमा परेका विराटनगर बासीले सडक संघर्ष शुरु गरेका छन् ।

रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा विराटनगरका ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै विराटनगर विमानस्थल पीडित संघर्ष समितिलेले आन्दोलन थालेको हो।

मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक वेदराज पौडेलले बताए ।

विराटनगर ४ का स्थानीयहरुको लामो समयसम्म घरसहित जमिन रोक्का हुँदा ३५० घर परिवार आर्थिक संकटबाट गुज्रनु परेको पौडेलको भनाई छ।

पीडितहरुले सरकारलाई सात दिन भित्र जमिनको मुआब्जाका लागि बजेटको सुनिश्चितता नगरे असार ६ गतेबाट सडक आन्दोनलमा उत्रने चेतावनी दिएका छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन २०७७ चैत २३ र २४ गते गोरखापत्र दैनिकमा जमिन अधिग्रहणको लागि सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत जमिन रोक्का गरिएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार