Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीको बजार क्षेत्रमा चितुवा देखियो


  • Purbeli Press
  • सोमबार, जेष्ठ ३० २०७९

एका बिहानै सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा एक चितुवा देखा परेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो।

चितुवा देखिएको क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन्।

चितुवा भएको ठाउँमा भिडभाड गर्न नदिइएको उनले बताए। आज बिहान चितुवा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार